नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, कुबेती दिनारसहितका मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड लगायत केही मुद्राको मूल्य भने बढेको छ।
आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६५ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६८ रुपैयाँ ६६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५९ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।























