नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ।
केही दिनदेखि निरन्तर बढ्दै आएका यी मुद्राको मूल्य आज घटेको हो।
आज अमेरिकी डलर १ को खरिदर १४४रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा छ।
निरन्तर बढिरहेको अमेरिकी डलरको विनियमदरमा आज गिरावत आएको राष्ट्र बैंकले जनाएको छ।
हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७८ पैसा छ। हिजो युरो १ को खरिदर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९३ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा थियो।
आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रुपैयाँ १४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा थियो।























