साझेदारी गर्नुहोस्

दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ।

सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन्।

उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए। हाम्रो पार्टी नेपालले चुनाव चिह्न ‘लाइक’ को थम्मेल रहेको छ।

दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए।

अध्यक्ष सुनारले फागुन २१ को निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी नयाँ राजनीतिक यात्रामा प्रवेश गर्ने बताए।

उनले चुनावमा कांग्रेस, एमालेसँग सहकार्य नहुने तर कुलमान घिसिङ, बालेन शाह, रवि लामिछाने र हर्क साङपाङहरुसँग सहकार्य हुनसक्ने बताए।

उनले निर्वाचनमा कांग्रेस र एमालेले भाग नलिएको राम्रो भन्दै केपी ओली र रमेश लेखकले चुनाव लड्न नपाउने दाबी गरे।