साझेदारी गर्नुहोस्

काठमाडौँ;

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको हो।

महाशाखाको तथ्यांक‌ अनुसार, काठमाडौँका लागि यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो।

हिजो (मंगलबार) काे मौसम १०.१ डिग्री सेल्सियस थियो । हिउँद लागेयता काठमाडौँ उपत्यकासहित देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।