भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा संलग्नलाई अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका तर्फबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको हो ।
गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिमा ध्यानाकर्षण भएको भन्दै आयोगले सो विज्ञप्ति प्रकाशन गरेको हो । सो आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि राय सहितको प्रतिवेदन दिने कार्यादेश रहेको जनाएको छ ।























