साझेदारी गर्नुहोस्

हेटौँडाबाट केन्द्रीय राजधानी काठमाडौँ आवतजावत गर्ने कान्ति लोकपथबाहेक सबै सडक खुलेका छन्। यसअघि वर्षा र बाढीका कारण यी सडक बन्द थिए।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक र त्रिभुवन राजपथ बिहानैदेखि खुलेका थिए भने हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ सडकमा पनि दिउँसो १२ बजेदेखि गाडी चल्न थालेका हुन्।

यसअघि यो सडक, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, डोढारेमा बाढीले बगाउँदा असोज १८ देखि बन्द थियो।

हेटौँडाबाट काठमाडौँ पुग्ने कान्ति लोकपथ भने अझै बन्द छ। मकवानपुरतर्फ चार ठाउँमा पहिरो गएको र पन्छाउन बाँकी रहेका कारण उक्त सडकमा अझै यातायात सञ्चालन हुन नसकेको हो।