अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानका पहिरो खसेको छ।
पहिरोले पृथ्वी राजमार्ग हुँदै गुड्ने सवारी साधन पूर्णरुपमा रोएिका छन्।
स्थानीय प्रशासनले सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाएको थियो। अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द छ।
पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन्।






















