साझेदारी गर्नुहोस्

सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।

आज आइतबार बिहान ५ बजे सूचना जारी गरी मौसम विभागले वर्षा जारी रहेकाले बाढी र डुबानबाट बच्न त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

सूचनामा भनिएको छ, ‘सप्तकोसी चतरामा बहाब सतर्कता तह पार गरेको। भारी वर्षा भइरहेको र आज बेलुकासम्मै निरन्तर रहने हुनाले कोसी नदीमा बाढी बढिरहेको, बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’