साझेदारी गर्नुहोस्

निरन्तर वर्षा भइरहँदा बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ।

बाढी महाशाखाले आज काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना देखिएको जनाउँदै रेड अलर्ट जारी गरेको हो।