साझेदारी गर्नुहोस्

जनकपुरधाममा दुई समुदायबीच भएको झडपको कारण निषेधाज्ञा जारी गरिएको छ। शुक्रबार दुर्गाको प्रतिमा सेलाउन जाने क्रममा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दुई समुदायबीच भएको झडप पश्चात् उत्पन्न अवस्थालाई साम्य पार्न स्थानीय प्रशासनले आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जनकपुरधाम २०, देवपुरा रुपैठाको पूर्व तर्फ लोहना जाने बाटो, पश्चिम तर्फ बसहिया जाने बाटो, उत्तर तर्फ बाबा पेट्रोल पम्प (सिक्सलेन) र दक्षिण तर्फ गंगुली पुलभित्र निषेधाज्ञा जारी गरिएको जनाएका हुन्।

जिल्ला प्रशासन कार्यालयले स्थानीय, प्रशासन ऐन, २०२८ (संसोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो।