पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई जेल हाल्ने धम्की दिइरहेको बताएका छन ।
शनिबार गुण्डुमा एमालेनिकट युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उनले जेनजी पुस्ताको आडमा बनेको असंवैधानिक सरकारले जेल हाल्ने धम्कि दिइरहेको अवस्थामा आफू नडराएको बताए ।
उनले भने, ‘यति लामो समयसम्म सङ्घर्ष गरेका हामी देशलाई यो अवस्थामा छाडेर कहिँ जाँदैनौं, हामी जनताको अभिमत लिएर फेरि उठ्नेछौँ,’ उनले थपे, ‘हाम्रो सेवा सुविधा कटौती गर्ने, पासपोर्ट रोक्का गर्नेतर्फ भन्दा सरकारले विगतमा हामिले गरेका कामको दस्तावेज जनतासम्म पुर्याओस् ।
साथै उनले आफूलाई सुरक्षा दिनुको साटो सरकारले संविधानविपरीत निर्णय गरेको आरोप लगाएका ।






















