नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ। यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८:१५ बजे सुरु हुनेछ।
रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन्। सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ। ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ’, कप्तान पौडेलले भनेका छन्।
नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन्।






















