गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन भएको बताएका छन् ।
शुक्रबार नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अर्यालले उच्च राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू खोलेर कारबाही अघि बढाउने पनि बताए ।
मन्त्री अर्यालले केही राजनीतिक कनेक्सनका आधारमा सुशासनमा अवरोध आएको बताए । राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएको अवरोध हटाउनसमेत निर्देशन दिइसकिएको उनले बताए ।
कतिपय अपराध अनुसन्धान, भ्रष्टाचारलगायत विषयवस्तुमा अवरोध आएको बताउँदै उनले त्यो अवरोध हटाउन निर्देशन दिइएको पनि उल्लेख गरे ।






















