साझेदारी गर्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको प्रष्ट पारेकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम गर्नुपर्ने कतिपय जेनजी आन्दोलनकारी लगायतले माग गरिरहेका बेला प्रधामन्त्री कार्कीले अहिले त्यस्तो गर्न नसकिने बताएकी हुन् ।

आवश्यक परे चुनावपछि संवैधानिक प्रक्रियाबाटै संशोधन गर्न उनले आह्वान पनि गरिन् ।

‘शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले ले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु’  उनले भनिन् ।

उनले आफ्नो  मूल लक्ष्य चुनाव रहेको पनि बताईन् । जेनजी युवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभए  अर्को आन्दोलन हुने चेतावनी दिँदै आएका थिए । तर प्रधानमन्त्री कार्कीले त्यसो गर्न नसकिने बताएकी हुन् ।

यस्तै उनले जेनजी आन्दोलनका क्रममा अनाहकमा ज्यान गुमाएका घटनामा दोषी उपर सख्त कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्।

‘जेनजी आन्दोलनका क्रममा अनाहकमा ज्यान गुमाएको घटनामा सम्बद्ध दोषी उपर सरकार सख्त कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन्।