मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो झरेको पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै जानकारी गराएको हो।
तुइन खोलमा पहाडै खसेपछि एक सातादेखि नै उक्त सडक अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध हुँदा दशैँ मनाउन हिँडेका लाखौं यात्रु बाटोमै अलपत्र परेका छन्। चितवन जिल्ला प्रशासन कार्यालयले यात्रु र सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
यस विषयमा थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) तथा सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (९८५५०९२२१८) लाई सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।






















