राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ ।
मंगलबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका घटनामा रास्वपाका नेताहरूलाई मुछिएको भन्दै छानबिनका लागि सरकारलाई सहयोग गर्ने बताए ।
उनले आन्दोलनका क्रममा नख्खु कारागारमा समेत आगजनी हुने सम्भावना देखेपछि आफू त्यहाँ पुगेको बताए ।
तर आन्दोलनकारीको अगुवाका रुपमा सहभागी भएको भन्ने कुरामा सत्यता नरहेको उनले बताएका छन् ।
उनले लामिछानको सुरक्षाको जिम्मा लिन कारागारले भनेपछि आफूहरूले जिम्मा लिएको जिकिर गरे ।






















