साझेदारी गर्नुहोस्

बलिउडको महनायक अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणमुक्त भएका थिए । कोरोना संक्रमणमुक्त भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’को छायांकन सुरु गरेका छन् ।सोनी टेलिभिजनको यो चर्चित रियालिटी शोमा ५ करोड रुपैयाँसम्मको पुरस्कार राखेर हाजिरीजवाफ खेलाइने गरिएको छ।

अमिताभले सार्वजनिक गरेको तस्वीरमा कतै उनी स्क्रिप्ट पढिरहेका छन् भने कतै उनी आफूलाई तयार गर्दैछन् ।सोनी टीभीकै अर्को शो ‘दि कपिल शर्मा शो’ दर्शकविना नै प्रशारण भैरहेको छ । ‘केबीसी’को सेटमा सम्पूर्ण यूनिट पीपीई किट लगाएर काममा व्यस्त भएको देख्न सकिन्छ ।