साझेदारी गर्नुहोस्

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने बहस चलाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।

परिस्थिति परिवर्तन भएसँगै उपचार समेत पूरा हुन्जेलसम्म कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको बताउनुभएको हो । आईतवार निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रको लागि लामो लडाईं लड्नुभएका पार्टी सभापति देउवाको उपचार समेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी गर्नुभयो ।

आक्रान्त अवस्थामा संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उहाँको ठम्याइ छ । आलो घाउ ठिक नहुँदै चलाइएको बहसप्रति गम्भीर बन्नुपर्ने बताउनुभयो । अहिले आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने बेला भएको बताउनुभयो । आलो घाउमा नुन छर्ने प्रवृत्ति गलत भएको उहाँले बताउनुभयो । अभिभावकमाथि सांघातिक प्रहार भएको बेलामा उपचार पूरा हुन दिँदा आकाश खस्छ ? उहाँको प्रश्न छ ।

उहाँले भन्नुभयो, हाम्रो पार्टीमा पनि एउटा विभिन्न खाले बहस शुरु भएको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रको लागि लामो लडाईं लड्नुभयो । उहाँमाथि त्यस्तो किसिमको त्रासदीपूर्ण आक्रमण भयो । कतिपय जिम्मेवारी साथीहरु त्यो आक्रमण भएको अझै उपचारबाट निको नभइसकेको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । हाम्रो पार्टीले त्यसको भत्र्सना गरेको छ ।

निन्दा गरेको छ । जहाँकै पनि यस्तो खाले प्रवृत्तिहरु प्रवेश गरी राष्ट्रिय धरोहर सम्पती, व्यक्तिगत सम्पती र व्यवसायहरुमाथि आक्रमण गरेको त्यसको हामीले निन्दा गरेका छाैँ । हाम्रो पार्टीभित्र अहिले जुन बहस आलो घाउ ठिक नहुँदै जुन खाले बहस शुरु गरिएको त्यसकोप्रति हामी गम्भीर हुनुपर्छ । अहिले एक हुनुपर्ने बेला छ । यो बेला आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने हो । तर जुन बेलामा घाउ लागेको छ ।

घाउमा नुन छर्ने प्रवृत्ति गलत प्रवृत्ति हो । २३ गते भन्दा चार दिन अघिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, त्यही सभापति हामी त बरु अलि टाढा भएका थियौँ । हामी बरु टाढा भएका थियौँ । जुन साथीहरुले अहिले प्रश्न उठाइरहनुभएको छ, तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ, उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । तपाईंहरुले उहाँहरुका बोली, वचन, वक्तव्य, उठबसलाई राम्रोसँग तपाईंहरुले हेर्नुभयो भने उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भनेका थियौँ । ओलीजीले जुन सोच र शैली देखाउनुभएको छ, त्यो ठिक भएको छैन । तर तुरुन्तै अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब हुँदै हुँदैन, एकछिन पनि हुँदैन भनेको के हो रु अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी त्यो उपचार पनि पूरा हुन पर्खिन सक्दैनौँ ।