जेन-जी आन्दोलनको क्रममा निजी निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडिको भागमा १२ टाँका लगाएर सिलाउनुपरेको खुलेको छ।
हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई निवासभित्र छिरेका आन्दोलनकारीले लछारपछार पार्दै आक्रमण गरेका थिए ।
आक्रमणका क्रममा देउवालाई पछाडिबा धारिलो हतियारले हानिएको खुलेको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार सानेपामा बसेको बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यसबारे जानकारी दिएका हुन् ।
अनुसार देउवाको टाउकोको पछाडि गर्धनभन्दा माथि गहिरो चोट लागेको छ । उक्त घाउमा १२ वटा टाँका लगाएर सिलाउनुपरेको विश्वकर्माले बताए । विश्वकर्माका अनुसार जेन-जीका नाममा छिरेका अराजक समूहले देउवा दम्पतीलाई कुटपिटसहित लछारपछार पनि गरेका थिए ।






















