साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले सामाजिक सञ्जालमा फैलाइएका ‘देउवा निवासमा ठूलो मात्रामा पैसा भेटिएको’ भन्ने समाचारलाई कपोकल्पित र भ्रामक भएकाे दाबी गरेकाे छ ।

सचिवालयले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणामाथि डकैती शैलीमा आक्रमण भएको बताइएको छ।

विभिन्न समयमा विभिन्न ठाउँमा जलेका नोटका दृश्यहरू जोडेर सम्पादन गरी यूट्युब तथा सामाजिक सञ्जालमा प्रचार गरिएको गरिएकाे सचिवालयले दाबी गरेकाे छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण हुँदा पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणा घाइते भएका थिए। देउवा दम्पतीको हाल उपचार भइरहेको छ।