साझेदारी गर्नुहोस्

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ।

मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जानकारी दिएको हो।

त्यस दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ।

समितिले आज जारी गरेको सूचना अनुसार यस वर्षको बडादसैं २०८२ सालको असोज ६ गतेदेखि सुरु हुँदैछ। त्यस दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको छ।