साझेदारी गर्नुहोस्

काठमाडौं: नेपाल सरकारका कुनै पनि कर्मचारीले अब बैठक भत्ता लिन नपाउने भएका छन् ।

हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन यस्तो निर्णय गरिएको हो ।

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यालयले गर्ने राष्ट्रिय स्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता कार्यक्रम सरकारी भवन तथा हलमा आयोजना गर्ने गराउने बैठकले निर्णय गरेको छ । प्रदेश तथा स्थानीय तहको हकमा समेत सोही अनुसार गर्न गराउन अनुरोध निर्णय भएको मुख्यसचिव अर्यालले बताए ।