साझेदारी गर्नुहोस्

मेष राशि
चन्द्रमाको द्वितीय, तृतीय र चतुर्थ भावमा हुने गोचरले यस सातालाई मिश्रित बनाउनेछ। धन स्थान सबल भएकाले व्यापारबाट लाभ प्राप्त हुनेछ र बोलीको प्रभाव बढ्नेछ। सामाजिक तथा धार्मिक गतिविधिमा रुचि बढ्ने देखिन्छ। तर, कार्यक्षेत्रमा कामको बोझ बढ्दै जाँदा श्रमअनुसार प्रशंसा नपाउने सम्भावना छ। प्रेम सम्बन्ध र अध्ययनमा सकारात्मकता रहनेछ। शुक्रबार र शनिबार भने समय कमजोर रहने भएकाले लगानी वा महत्वपूर्ण कार्य टार्नु उपयुक्त हुनेछ।

वृष राशि
चन्द्रमाको प्रथम, द्वितीय र तृतीय भावमा हुने गोचरले सम्मान र आत्मविश्वास बढाउनेछ। यद्यपि, हतारमा लिएका निर्णयले समस्या निम्त्याउन सक्ने भएकाले धैर्य अपनाउनु आवश्यक छ। व्यापारमा मिश्रित लाभ हुनेछ, विशेषतः सञ्चार र प्रविधि सम्बन्धी क्षेत्रमा सफलता पाइन सक्छ। नोकरीमा तपाईँको कार्य सराहना हुनेछ। विद्यार्थी र पारिवारिक जीवन सुखद रहनेछ, तर प्रेम सम्बन्धमा सामान्य मतभेद हुनसक्छ।

मिथुन राशि
साताको प्रारम्भमा व्यय बढ्ने र मानसिक तनाव बढ्ने संकेत छन्। तर मंगलबारदेखि परिस्थितिमा सुधार हुनेछ। सिर्जनशीलता र तार्किक क्षमता बढ्दै जानेछ। साथीभाइ र सहकर्मीको सहयोग पाईनेछ भने आयमा वृद्धि हुनेछ। पारिवारिक विवाद र जीवनसाथीसँगको मतभेद सम्भावित देखिन्छ। प्रेम सम्बन्धमा विश्वास र समझदारी कायम हुनेछ। विद्यार्थीलाई परिश्रमअनुसार सफलता प्राप्त हुनेछ।

कर्कट राशि
साताको सुरुवात व्यापार र पारिवारिक जीवनका लागि अनुकूल देखिन्छ। सिर्जनात्मक क्षमता बढ्नेछ र सहयोगी मनोवृत्ति बलियो हुनेछ। नोकरी गर्नेहरूलाई नयाँ अवसर प्राप्त हुनेछ। तर मंगलबार र बुधबार अनावश्यक खर्च र मानसिक चिन्ताले कमजोर बनाउन सक्छ। विद्यार्थीले अध्ययनमा विशेष ध्यान दिन आवश्यक छ।

सिंह राशि
कर्म भाव सबल रहेकाले कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। नयाँ अवसर आउन सक्छ र व्यापारिक लाभ सम्भावित छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र सन्तान सुख प्राप्त हुनेछ। तर, साताको अन्त्यमा अनावश्यक खर्च र मानसिक तनाव बढ्नसक्ने भएकाले नयाँ काम सुरु नगर्न सल्लाह दिइन्छ।

कन्या राशि
यो साता तपाईँका लागि सबल रहनेछ। परिश्रमअनुसार धन लाभ हुनेछ र जिम्मेवारी बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा सामञ्जस्य रहनेछ। तर विद्यार्थीले अध्ययनमा ध्यान केन्द्रित गर्न कठिनाइ भोग्नसक्ने भएकाले सचेत रहन आवश्यक छ।

तुला राशि
यो साता मिश्रित रहनेछ। प्रारम्भमा स्वास्थ्य र खर्चका कारण चिन्ता बढ्न सक्छ। मंगलबारपछि भाग्य सबल हुने भएकाले व्यापार, सामाजिक र धार्मिक कार्यमा प्रगति हुनेछ। परिवारमा सामान्य विवाद देखा पर्नसक्छ। विद्यार्थीलाई भने सकारात्मक समय रहनेछ।

वृश्चिक राशि
साताको सुरुवात साझेदारी कार्य र सामाजिक सम्बन्धका लागि लाभदायी रहनेछ। तर, मंगलबार र बुधबार वादविवाद र तनाव बढ्नसक्ने भएकाले बोलीमा संयमता आवश्यक छ। अन्य दिनहरूमा धन लाभ, सरकारी सहयोग र पारिवारिक मेलमिलाप सम्भावित छ। प्रेम जीवन र अध्ययन दुवै अनुकूल रहनेछन्।

धनु राशि
यो साता मिश्रित रहनेछ। सुरुमा ऊर्जा घट्नसक्छ तर मंगलबारदेखि सफलता र लाभ प्राप्त हुनेछ। साझेदारीमा फाइदा हुनेछ र आध्यात्मिक कार्यले सन्तोष दिनेछ। प्रेम र पारिवारिक जीवन सुमधुर रहनेछ। साताको अन्त्यमा स्वास्थ्य र खर्चका चुनौती देखिन्छन्।

मकर राशि
साताको समग्र प्रभाव सबल रहनेछ। बौद्धिक र सिर्जनात्मक कार्यमा सफलता प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र सन्तान सुख प्राप्त हुनेछ। व्यापारमा मध्यम लाभ हुनेछ। पारिवारिक जीवनमा सामान्य उतारचढाव देखिए पनि जीवनसाथीको सहयोग बलियो रहनेछ। विद्यार्थीले अध्ययनमा सचेत रहनु आवश्यक छ।

कुम्भ राशि
साताको प्रारम्भमा पारिवारिक तनाव सम्भावित देखिन्छ। तर मंगलबारदेखि सिर्जनात्मकता र विचारको सराहना हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ। नोकरीमा प्रगति हुनेछ। प्रेम र विद्यार्थी जीवन सन्तोषजनक रहनेछ। तर आइतबार र सोमबार महत्वपूर्ण निर्णय टार्नु बुद्धिमानी हुनेछ।

मीन राशि
साहस र आत्मविश्वास बढ्नेछ। व्यापारमा उतारचढाव भए पनि कार्यक्षेत्रमा बलियो प्रभाव जमाउने समय छ। घरपरिवारका कारण केही चिन्ता हुनसक्छ, तर जीवनसाथीको सहयोगले आत्मबल कायम हुनेछ। विद्यार्थीलाई मध्यम परिणाम प्राप्त हुनेछ। निरन्तर परिश्रम र योजनाबद्धता आवश्यक रहनेछ।