जेन-जीको दुई दिने प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ३६ जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ । यस्तै, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३ ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ २ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । त्यस्तै उपत्यका बाहीर भेरी अस्पताल नेपालगञ्जमा ५, रामेछाप अस्पतालमा २, बिर्तासिटी र बी एण्ड सी अस्पतालमा झापामा १ १ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १ हजार ७ सय ६० जना घाइते भएका थिए । जसमध्ये १ हजार ३ सय ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३ सय २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।






















