साझेदारी गर्नुहोस्

सोमबार र मङ्गलबार चर्किएको जेन-जी आन्दोलन क्रममा देशभर सार्वजनिक संरचनामा दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको आकलन गरिएको छ । ती संरचनाभित्र रहेका अमूल्य ऐतिहासिक दस्तावेज र लिखत पनि जलेर खरानी भएको छ ।

शहरी विकास मन्त्रालय स्रोतका अनुसार, दुई खर्ब रुपैयाँभन्दा बढी लागतका संरचनामा क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ ।

यो अनुमानित हिसाब भवनको मात्रै भएको, तर भवनभित्र कार्यालय व्यवस्थापन गर्न थप अर्बौँ रुपैयाँ खर्च हुने अनुमान अधिकारीहरूले गरेका छन्‌ ।