साझेदारी गर्नुहोस्

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको भूमिकाको आलोचना गरेका छन् ।

मेयर साम्पाङले बालेनमाथि संकटको बेलामा लुकेर सडकमा आउन नसक्ने डरफोकको संज्ञा दिएका छन् ।

जेन-जीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्क काठमाडौँ आएका छन् । दिएमा उनी आफैँ प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन् । तर उनलाई सेनाले पत्याउने सम्भावना छैन।

उनले बुधबार जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरे । जेन-जी युवाहरूले बोलाएर देशको नेतृत्व लिन काठमाडौँ आएको पनि उनले बताए ।