साझेदारी गर्नुहोस्

सोमबार ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो जेलबाट मुक्त भएका छन् । जाली पासपोर्टको आरोपमा उनले पाँच महिना जेलमा बिताउनु परेको हो।न्यायाधीश गुस्टाभो आमरिलाले रोनाल्डिन्होसँगै उनको दाजु रोबर्टो डे एसिस मोरेरालाई पनि जेलमुक्त गर्ने फैसला गरेका छन्।अब ब्राजिलका लागि विश्वकप विजेता ४० वर्षीय रोनाल्डिन्हो आफ्नो घर फर्कन अथवा कुनै अर्को देश जान स्वतन्त्र हुनेछन् । एक वर्षका लागि उनले आफ्नो स्थायी ठेगाना परिवर्तन गर्ने हो भने पाराग्वेली प्रहरीलाई अनिवार्य खबर भने गर्नु पर्नेछ ।