मन्त्री र प्रर्दशनकारीको निशानामा रहेका सबै नेताहरूलाई सुरक्षित स्थानमा राख्ने तयारी थालेको छ । अहिले विभिन्न स्थानमा रहेका नेताहरूलाई प्रदर्शनकारीले निशानामा पारेपछि उनीहरूलाई बालुवाटारमा ल्याइएको हो । सबै नेताहरूलाई बालुवाटारभित्र राख्ने र देशको पुरै सुरक्षा संयन्त्रलाई बालुवाटारमा केन्द्रित गर्ने सरकारको तयारी छ ।
अहिले काठमाण्डौको सडक प्रदर्शनकारीको कब्जामा छ । प्रदर्शनकारीहरूले सुरक्षाकर्मीका बन्दुकसमेत खोसेर सडकमा हिँडिरहेका छन् । देशका सबै सुरक्षाकर्मी नेताको सुरक्षामा लागेपछि अहिले सर्वसाधारण आतङ्कित बनिरहेका छन् ।
प्रदर्शनकारीहरू उग्र बन्दै जाँदा जुनसुकै बेला बालुवाटारभित्रै प्रवेश गर्न सक्ने जोखिमलाई मध्यनजर गदै नेपाली सेनाले हेलिकप्टर तयारी अवस्थामा राखेको छ । बेलुका सर्वदलीय बैठक समेत भएकाले सबै नेता र मन्त्रीहरूलाई बालुवाटारभित्र आउन प्रधानमन्त्रीले भनेका छन् ।






















