आज बिहान ८:३० बजे देखि काठमाडौंको रिङ्ग रोड चक्रपथ भरि प्रशासनले कर्फ्यु लगाएको छ।
कर्फ्यु लाग्ने स्थान :
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग।























