जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा तथा विद्यार्थीको ज्यान गुमेपछि निजी विद्यालय संगठन र शिक्षासम्बन्धी विभिन्न संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन शोक विदा दिने घोषणा गरेका छन् ।
एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले सोमबार विज्ञप्ति जारी गर्दै भाद्र २४ र २५ गते विद्यालयहरू बन्द गरी शोक विदा मनाउने जनाएका छन् ।
संयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा विद्यार्थीहरूको निधन हुनु अत्यन्तै दुःखद र पीडादायी भएको उल्लेख गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, उपचाररत घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।


















