साझेदारी गर्नुहोस्

नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि सेना परिचालन गरिएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर, बिजुलीबजार, मध्य वानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ ।

प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् ।