नेकपा एमालेले नेपाली भूमि लिपुलेकमा भारत र चीनले व्यापारीक केन्द्रका हरूपमा प्रयोग गर्ने भनि गरेको सहमतिप्रति गम्भिर असहमति प्रकट गरेको छ ।
एमालेले उक्त सहमतिबाट पछ हट्न दुवै देशलाई अपील गरेको छ । एमालेले उच्च कूटनीतिक पहलकदमीमार्फत् उक्त समस्या समाधान गरी काली नदीपूर्व नेपालको हक स्थापित गर्न नेपाल सरकारलाई माग गरेको छ ।
भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको पार्टीको दोस्रो महाधिवेशनले पास गरेका २८ बुँदे समसामयिक प्रस्तावमा उक्त विषय उल्लेख गरिएको हो ।
प्रस्तावमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको भदौ १४–१८ मा भएको चीन भ्रमणका क्रममा लिपुलेक प्रकरणमा बारेमा चीनीया राष्ट्रपति सी ची फिङसँग नेपाली भूमि लिपुलेकलाई भारतसँग गरेको व्यापारिक मार्गको हरूपमा प्रयोग गर्ने सम्झौताप्रति राखेको असहमतिले नेपालको शिर विश्वमा उँचो भएको उल्लेख गरिएको छ ।






















