जेनजी पुस्ता अर्थात सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
सामाजिक सञ्जाल बन्दको विरोधमा र भ्रष्टाचारविरूद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्।
माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ।
विद्यार्थीहरू पोशाक लगाएर परिचय पत्रसहित कम्तीमा एउटा किताबसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन्। यसबारे सामाजिक सञ्जाल टिकटकमा टेण्ड नै चलिरहेको छ।






















