साझेदारी गर्नुहोस्

गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्।  आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द सुरु हुने बताएका हुन्।

संविधान निर्माणको लागि २० वर्ष लागेको उनले स्मरणसमेत गरे। यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उनको दाबी छ।

‘एउटा संविधान निर्माणको लागि २० वर्ष लाग्दो रहेछ। यो संविधानको असफलतापछि मुलुकमा उत्पन्न हुने द्वन्द्व, आज हामी द्वन्द्वको कुरा गर्दैछौँ, आजको द्वन्द्वको नेचर कस्तो छ भने हामी संघीयतामा छौँ। दुई पालिकाका बीचमा प्राकृतिक स्रोतका लागि द्वन्द छ,’ उनले भने, ‘अधिकारको बाँडफाँडको लागी द्वन्द्व भइरहेको छ, आजको द्वन्द्व। तर यदी संविधान असफल भयो भने अकल्पनीय द्वन्द्वहरू यो देशमा सुरु हुन्छ। जसले अब २० वर्षमा पनि संविधान बनाउनसक्ने स्थिति हुँदैन। ती कुराहरु तपाइँहरूले यदाकदा लक्षणहरू देख्नुभएको छ होला। त्यसकारण संविधानको रक्षा, यसाको सुदृढीकरण, समयसापेक्ष संशोधन पनि म भन्न चाहन्छु।’