दुबई —व्यवसायमा नाम कमाउने सपना सजिलो हुँदैन। तर, जब त्यो सपना मिहिनेत, आत्मविश्वास र दृढसंकल्पसँग जोडिन्छ, असम्भव पनि सम्भव बन्न जान्छ। यस्तै प्रेरणादायी यात्रा पूरा गर्दै नेपालकी प्रख्यात ज्वेलरी व्यवसायी सपना शर्मा ‘मिनु’ले दुबईको बरदुबईमा आफ्नो (जय नवदुर्गा ज्वलेरी ) जेएनडीज्वेलरी शोरुम भव्य रूपमा सञ्चालनमा ल्याएकी छिन्।
ज्वेलरी व्यवसायमा आफ्नो अद्वितीय योगदान र उत्कृष्ट सेवाका कारण पहिचान स्थापित गरेकी सपना शर्मा ‘मिनु’ले व्यवसायिक यात्रा अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएकी छिन्। नेपालकै लोकप्रिय जेएनडी ज्वलेरीको व्यवसायिक सफलता पछि उनले आफ्नो शाखा विस्तार गर्दै दुबईको बरदुबईमा पाँचौ शोरुम सञ्चालनमा ल्याएकी हुन्।
शोरुमको उद्घाटन टिका सानु र पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले संयुक्त रुपमा रिबन काटेर गरेका थिए। सो अवसरमा दुबईस्थित नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, कलाकार र सामाजिक सञ्जालका चर्चित व्यक्तिहरूको उपस्थितिले समारोहलाई विशेष बनायो।
नयाँ शोरुममा आधुनिक डिजाइनका सुन–चाँदीका गरगहना, रत्नजडित डाइमन्ड सेट तथा अर्डर–मेड डिजाइनहरू सुपथ मूल्यमा उपलब्ध हुने शर्माले बताइन्। “ग्राहकको रोजाइ नै हाम्रो प्राथमिकता हो। गुणस्तरमा सम्झौता नगरी सेवा दिने हाम्रो प्रतिबद्धता हो,” उनले उद्घाटनपछि भनिन्।
सामाजिक सञ्जालबाट प्रेरित यात्रा
टिकटक र फेसबुकमा लोकप्रिय शर्माले विदेशमा व्यवसाय सुरु गर्ने आत्मविश्वास आफ्ना समर्थक र शुभेच्छुकबाट पाएको उल्लेख गरिन्। “हजारौं टिकटकर साथीहरूको माया र समर्थन नै मेरो प्रेरणाको स्रोत हो,” उनले मुस्कुराउँदै भनिन्।

संघर्षको बाटो हुँदै सफलता
सपना शर्मा एक साधारण पृष्ठभूमिबाट व्यवसायिक यात्रा सुरु गरेकी महिला हुन्। आर्थिक चुनौती र सामाजिक धारणाहरूको सामना गर्दै उनले आफ्नो ब्रान्ड जेएनडी ज्वलेरीलाई नेपाली बजारमा अग्रणी स्थानमा पुर्याइन्। उनका अनुसार, “मिहिनेत, ईमानदारी र ग्राहकको विश्वास नै मेरो सबैभन्दा ठूलो सम्पत्ति हो।”
सपना शर्मा केवल सफल व्यवसायी मात्र होइन, एक समाजसेवीको रुपमा पनि परिचित छिन्। व्यवसायिक जगतमा आफ्नो स्थान बनाउन उनले लामो संघर्ष र मिहिनेतको बाटो पार गरेकी छन्। सामान्य पृष्ठभूमिबाट सुरु गरेर गुणस्तर, ईमानदारी र ग्राहक सन्तुष्टिलाई प्रमुखता दिँदै उनले नेपाली बजारमा जय नवदुर्गा ज्वलेरी ‘जेएनडी ज्वलेरी’लाई एक परिचित ब्रान्डको रुपमा स्थापित गरिन्। यस अघि चिन,भारतको जयपुर,अमेरिकासमेत शाखा संचालन हुदै आएको छ ।
उनको मिहिनेत, दृढसंकल्प र आत्मविश्वासले उनलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि सफल महिला उद्यमीको उदाहरण बनाएको छ। हालै दुबईको एक भव्य समारोहमा उनलाई सम्मानित गरिएको थियो, जसले उनको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाएको छ।
व्यवसाय मात्र होइन, समाजसेवामा पनि सक्रिय रहेकी शर्माले समारोहमा विशेष सम्मान पाएकी हुन। साथै, उनले निर्माण गरेको नेपाली चलचित्र ‘मन बिनाको धन’ प्रदर्शनको तयारीमा छ, जसले उनको बहुआयामिक प्रतिभालाई देखाउँछ। ‘मिनु’को दुबई शोरुमको सुरुवात केवल व्यक्तिगत सफलता मात्र नभई नेपाली महिला उद्यमीहरूको क्षमता र सम्भावनाको उदाहरणका रुपमा पनि हेरिएको छ।
दुबईमा सुरु भएको उनको जेएनडी ज्वलेरी शोरुम केवल व्यक्तिगत उपलब्धि मात्र नभई अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीको क्षमता र दृढसंकल्पको प्रमाण पनि हो।























