भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेका नेपालीहरूमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ।
हराइरहेकाहरूको सूची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जना जीवितै रहेको पाइएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूको शुक्रबार र शनिबार उद्धार गरिएको दूतावासले जनाएको छ।
जसमा एकै परिवारका तीन जनासम्म छन्। उद्धार गरिएका कालीकोटका प्रशंसा शाह, कोमल शाह र रमन शाह श्रीमान्, श्रीमती र छोरा हुन्।























