साझेदारी गर्नुहोस्

कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको झडपमा मृत्यु भएको छ।

दुई समूहबीच झडप हुँदा चौधरीको मृत्यु भएको हो। शुक्रबार राति भएको झडपमा अन्य २७ बन्दी घाइते भएका छन्। उनीहरुले अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।