साझेदारी गर्नुहोस्

नेपाली काग्रेसका नेता डाशेखर कोइरालाले प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन्।

विधेयकको प्रतिवेदनमा त्रुटिका लागि संसदीय छानबिन समितिले ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेका खतिवडाले राजीनामा दिएर नैतिकता देखाउनु पर्ने कोइरालाले बताएका हुन्।

कुलिङ अफ पिरियड’ को प्रावधानप्रति भएको चलखेलप्रति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने उनको ठहर छ। छानबिन समितिले उहाँलाई नै नैतिक जिम्मेवार ठहर गरेको अवस्थामा उहाँले नैतिक जिम्मेवारी लिनुपर्छ र नैतिकता देखाएर पदबाट राजीनामा दिनुपर्छ,’ उनले भने।

समितिले प्रतिवेदनमा उल्लेख गरेका विषयलाई दृष्टिगत गर्दै पार्टीले आवश्यक निर्णय लिनेसमेत उनले प्रस्ट पारेका छन्। ‘पार्टीभित्र पनि यस विषयमा छलफल हुन्छ। उहाँ निर्दोष देखिए पुनजिम्मेवारीमा फर्किनु होला। तरयतिबेला उहाँले मार्ग प्रस्त गरेर अनुसन्धानमा सघाउनुपर्छ,’ डिसी नेपालसँग कुरा गर्दै कोइरालाले भने।

संघीय निजामती सेवा विधेयकमा राख्नुपर्ने कुलिङ अफ पिरियडको व्यस्थामा छेडछाड गरेर ऐनको व्यस्था नै खण्डित हुने शब्दावली राखिएको विषयमा संसदीय छानबिन समितिले नामै तोकेर खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेको थियो। समितिको प्रतिवेदन हिजो प्रतिनिधि सभामा पेश गरिएको थियो।