अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार धूलो र हिलोरहित सडक पूर्वाधार बनाउन लागि परेको बताएका छन् । उनले सडकको गुणस्तर सुधारका लागि पीसीसी अथवा आरसीसीमध्ये जुन मोडल उपयुक्त हुन्छ सोही अनुसार जाने बताए ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज बिहान उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले सडक पूर्वाधार कनेक्टिभिटीको पहिलो आवश्यकता भएको भन्दै यसलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्थरको प्रदर्शनीस्थल बनाउने र यसको लागि बजेट छुट्याइसकेको जानकारी दिए । सरकार अहिले यसको डिजाइन तयारीमा रहेको उनको भनाइ छ ।
तीन वर्षमा आधुनिक प्रदर्शनीस्थल निर्माण भइसक्ने उनको दाबी छ । नाईमा अध्यक्ष ऋतु सिंह वैद्यले सवारी साधनमा सरकारले स्थायी नीति बनाउन आवश्यक रहेको बताइन् ।
नाइमा एक्सपो मा ५० भन्दा बढी ब्रान्डले सहभागिता जनाएका छन् । एक्सपो मा ३५ नयाँ सवारी साधन सार्वजनिक हुने तयारी छ ।






















