नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्वसको रूपमा मनाउने बताएका छन् । उनले पार्टीले विधान महाधिवेशनको सन्दर्भमा पार्टीको गौरवपूर्ण विगतको सम्झना गर्नुपर्ने बताए ।
आज पार्टी केन्द्रीय कार्यलयमा पार्टीको प्रचार विभाग र प्रेस चौतारीका पदाधिकारीहरूका संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनले पार्टीको नीति,विधी र भविष्यको नेतृत्वका सन्दर्भमा ऐतिहासिक निर्णयहरू गर्ने बताए ।
एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराईज हलमा हुँदैछ । महाधिवेशनका सन्दर्भमा पार्टीले व्योहोरेका उतार चढाव,सरकारको नेतृत्व गर्दा हासिल गरेका उपलब्धी आदिका बारेमा ब्यापक चर्चा परिचर्चा गरेको जनजनमा विधान महाधिवेशनका सन्दर्भमा चासो र जिज्ञासा जागरण गराउनु पर्ने महासचिव पोखरेलको धारणा छ ।
उनले पार्टीमा चर्चा र विवादको विषय बनाइन सुरु गरेको पूर्वराष्ट्रपतिको सन्दर्भमा छोटो समयमा उपयुक्त तरिकारले समाधान गरिएको बताए । यस विषयलाई पार्टी भित्रबाट भन्दा पनि पार्टी बाहिरबाट उछालिएको स्पष्ट भएको उनको भनाइ छ ।