काठमाडौँ।
कर्णालीको दुःख, भोकमरी र बेवास्तालाई नजिकबाट देखाउँदै, खाली खुट्टामा ३१ दिन लगाएर कर्णालीबाट काठमाडौंसम्मको साहसिक यात्रा पूरा गरेका सामाजिक अभियन्ता नवराज बोहराले आइतबार मदन आश्रित स्मृति प्रतिष्ठान गोठाटारका कार्यबाहक अध्यक्ष तथा पूर्वमन्त्री रामेश्वर फुयालसँग आइतबार विशेष भेटवार्ता गरेका छन्।
केही समय अघि बोहोरा ‘कर्णाली नाङ्गो छ’ भन्ने सन्देश दिनका लागि खाली खुट्टामा राजधानी आएका थिए । सो क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका थिए ।

यो पटक पनि बोहराले कर्णालीका किसान, मजदुर र गरिब विद्यार्थीहरूको पक्षमा आवाज उठाउँदै विभिन्न दहलका नेता कर्याकर्ता तथा सरोकार वाला निकाय संग भेटघाटलाई तिव्र बनाएका छन् ।
राज्यसँग लडिरहेकाहरूको प्रतिनिधित्व गर्दै अभियान्ता बोहराले नेता फुयाललाई भेटेका हुन् ।
भेटका क्रममा कर्णाली क्षेत्रमा शिक्षाको पहुँच, खाद्य असुरक्षा, रोजगार अभाव, तथा विपन्न वर्गमाथिको निरन्तर अन्यायका विषयमा गहिरो छलफल भएको थियो। बोहराले राज्यबाट बेवास्तामा परेको कर्णालीको यथार्थ अवस्था प्रस्तुत गर्दा पूर्वमन्त्री फुयाल गम्भीर बनेको स्रोतले जनाएको छ।

पूर्वमन्त्री फुयालले कर्णालीको पीडा सुनेर मर्माहित हुँदै मदन भण्डारी फाउन्डेसन तथा मदन आश्रित कलेजमार्फत कर्णालीका किसान, मजदुर र विद्यार्थीहरूसँग सहकार्य गर्दै आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाए।
भेटपछिको प्रतिक्रिया दिँदै अभियन्ता बोहराले पूर्वमन्त्री फुयालको सक्रियताप्रति धन्यवाद दिँदै आगामी दिनहरूमा अझ सशक्त सहकार्यको आशा व्यक्त गरेका छन्। उनले भने,
“कर्णाली भोकमरीसँग लड्दै छ, विकासको भाषणले होइन, ऐक्यबद्धताले मात्र घाउ निको हुन्छ।”
बोहराको यो भेटलाई कर्णालीको आवाज काठमाडौंमा पुर्याउने प्रयासको एउटा सशक्त कदमको रूपमा हेरिएको छ।























