मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले सोमबार बैंकिङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्।
डिल्लीबजार कारागारबाट सोमबार राति प्रसाईं धरौटी बुझाएर निस्किएका हुन्। उनलाई लिन नेपाली कांग्रेस सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए। कारागार अगाडि समर्थकहरुको बाक्लो भिड लागेको थियो।
साेमबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले बैंकिङ कसुरमा रु २५ लाख धरौटीमा छाड्न आदेश गरेको हो। अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित भएको भन्ने प्रमाणबाट देखिएकाले धरौटीमा छाड्ने आदेश गरेको हो ।






















