साझेदारी गर्नुहोस्

काठमाडौं : लायन्स क्लब अफ सेन्ट्रल लुम्बिनीले पशुपतिनाथ मन्दिरमा नि:शुल्क पानी वितरण गरेको छ ।

साऊनकाे सोमबारको विशेष दिनको ‌अवसरमा पशुपतिनाथ मन्दिरमा नि:शुल्क पानी वितरण कार्यक्रम आयोजना गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनीले रक्तदान, वृक्षारोपण कार्यक्रम, अपाङ्गता भएका व्यक्ति, असहाय तथा अशक्त व्यक्तिहरुलाई राहत वितरण, सामाजिक संघ सस्थालाई सहयोग वितरण लगायतका विभिन्न समाजिक कार्यहरुमा सक्रिय सहभागी रहँदै आएको लायन्स क्लब अफ सेन्ट्रल लुम्बिनीका चार्टर्ड प्रेसिडेन्ट शिवदेव पाण्डेले बताए ।


पशुपतिनाथ मन्दिरमा नि:शुल्क पानी वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनीका पदाधिकारी, मेम्बर लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रह्यो ।