साझेदारी गर्नुहोस्

स्थानीय बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । पछिल्लो दुई कारोबारमा घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३  हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै आज सुन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार एकतोला सुनको मूल्य १ लाख ९३ हजार १ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २५० रुपैयाँ कायम भएको छ ।