साझेदारी गर्नुहोस्

नेपालीको एक विशेष दिन हो, साउन १५ गते । यस दिन खीर खाएर मनाउने गरिन्छ । परापूर्वकालदेखि चल्दै आएको चलनलाई विभिन्न संघ संस्थाले मनाउँदै आएका छन् ।

यसैबीच, लायन्स क्लब अफ सेन्ट्रल लुम्बिनीले खीर खाने कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको महाराजगन्जस्थित थ्री ब्रदर्श सेकुवा कर्नरमा खीर खाने कार्यक्रम २०८२ आयोजना गरिएको हो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनीका पदाधिकारी, मेम्बर लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रह्यो ।


नेपाली चाडपर्व, कला, संस्कृतिलाई जगेर्ना होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ सेन्ट्रल लुम्बिनीका चार्टर्ड प्रेसिडेन्ट शिवदेव पाण्डेले बताए ।

लायन्स क्लब अफ सेन्ट्रल लुम्बिनीले रक्तदान, वृक्षारोपण कार्यक्रम, अपाङ्गता भएका व्यक्ति, असहाय तथा अशक्त व्यक्तिहरुलाई राहत वितरण, सामाजिक संघ सस्थालाई सहयोग वितरण लगायतका विभिन्न समाजिक कार्यहरुमा सक्रिय सहभागी रहँदै आएको जानकारी दिएको छ ।