साझेदारी गर्नुहोस्

हिमानी कोषले युवालाई नेपालमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरु गर्ने भएको छ। शनिबार (साउन १७) सानेपास्थित इन्टरनेशनल क्लबमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम हुने छ।

कोषकी सदस्य शुभेच्छा शाहका अनुसार, कार्यक्रमले युवालाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नेछ। नवउद्यमीलाई सहयोग गर्न ‘लघु-बीज घुम्ती कोष’ पनि स्थापना गरिने छ। कार्यक्रममा उद्योगी, व्यवसायी, पूर्वराजा ज्ञानेन्द्र र कोष अध्यक्ष हिमानी शाहसहित पूर्वराजपरिवारका सदस्यहरूको सहभागिता रहनेछ।