काठमाडौं – राजधानीको नक्सालमा अर्धबुटिक र पूर्ण आधूनिक शैलीमा सजाइएको, अत्याधुनिक सुविधा सम्पन्न ‘ईन्स्टा होटल’ भव्य रूपमा सञ्चालनमा आएको छ। होटलले २१ भन्दा बढी आकर्षक र वातावरणमैत्री कोठा, १०० जना अट्ने अत्याधुनिक कन्फ्रेन्स हल, बहु–खानाको रेस्टुरेन्ट तथा आधुनिक आतिथ्य सेवाको संयोजनमार्फत राजधानीको आतिथ्य क्षेत्रमा नयाँ ऊर्जा भर्ने लक्ष्य लिएको छ। ५ करोड लगानी रहेको उक्त होटलले ३ दर्जन वढिलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
२०१४ देखि हस्पिटालिटी क्षेत्रमा अनुभव
होटलका अध्यक्ष ईश्वर प्रसाद पन्त (श्रीकृष्ण) २०१४ देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्। देश–विदेशका ख्यातिप्राप्त होटलहरूमा लामो समय काम गरेर उनले होटल व्यवस्थापन, ग्राहक सेवा र व्यवसायिक नेतृत्वको गहिरो अनुभव आर्जन गरेका छन्। यही अनुभवलाई आधार मानेर उनले ईन्स्टा होटललाई अन्तर्राष्ट्रिय मापदण्डमा उभ्याउने दृढ संकल्प गरेका छन्।
“हामीले आतिथ्यलाई नाफा भन्दा पनि अनुभवको रूपमा विकास गर्ने सोच राखेका छौं। पाहुनाले यहाँ आउनेबित्तिकै नेपाली संस्कृतिको आत्मीयता र आधुनिक सुविधा दुवै पाउनुहुन्छ भन्ने हाम्रो विश्वास हो,” अध्यक्ष पन्तले उद्घाटन कार्यक्रममा बताए।
वातावरणमैत्री सुविधा सम्पन्न कोठा
ईन्स्टा होटलका सबै कोठा आकर्षक र आरामदायी बनाइएको छ। प्रत्येक कोठामा वातावरणमैत्री प्रविधि, स्मार्ट रुम प्रणाली, उच्चस्तरीय सजावट र सम्पूर्ण सुविधाहरू उपलब्ध छन्। लक्जरी र स्ट्यान्डर्ड दुवै प्रकारका कोठामा पाहुनाको सुविधा र आवश्यकतालाई ध्यान दिइएको छ।
१०० जना अट्ने अत्याधुनिक कन्फ्रेन्स हल
व्यवसायिक बैठक, सेमिनार, विवाह तथा अन्य औपचारिक/अनौपचारिक कार्यक्रमका लागि १०० जना अट्ने क्षमता भएको अत्याधुनिक कन्फ्रेन्स हल निर्माण गरिएको छ। यस हलमा अत्याधुनिक अडियो–भिजुअल प्रणाली, आधुनिक लाइटिङ, पर्याप्त स्थान र लचिलो सिट व्यवस्था उपलब्ध छन्, जसले छोटा वा ठूला दुवै प्रकारका कार्यक्रममा सहजता प्रदान गर्छ।
बहु–खानाको स्वाद र ओपनिङ डिस्काउन्ट
होटलको रेस्टुरेन्टमा नेपाली, अन्तर्राष्ट्रिय तथा फ्यूजन खानाहरू विशेष रूपमा उपलव्ध छन । ताजा र स्वस्थ सामग्री प्रयोग गरेर तयार गरिएका व्यञ्जनहरूलाई ग्राहकले उच्च प्रशंसा गरेका छन्। होटलले उद्घाटन अवधिमा ‘ओपनिङ डिस्काउन्ट अफर’ पनि सुरु गरेको छ, जसअन्तर्गत कोठा तथा कन्फ्रेन्स प्याकेजमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ।
बुटिक शैली र थप सुविधा
बुटिक शैलीमा सजिएको यस होटलले पारिवारिक पाहुना र व्यवसायिक पाहुनाका लागि उच्चस्तरीय सेवा उपलब्ध गराउने बताएको छ। आधुनिक वाइफाइ, २४ घण्टा कोठा सेवा, डिजिटल चेक–इन प्रणाली, वातावरणमैत्री व्यवस्थापन र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षा प्रणाली यस होटलका विशेषताहरू हुन्।
ईन्स्टा होटल व्यवस्थापनले प्रारम्भिक ग्राहक प्रतिक्रियाले होटलप्रति विश्वास र उत्साह जगाएको जनाएको छ। अध्यक्ष पन्तले भने, “हामीले आतिथ्यलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने संकल्प गरेका छौं। हाम्रो सेवाले राजधानीमा गुणस्तरीय होटलको नयाँ पहिचान स्थापित गर्ने विश्वास छ।”
अध्यक्ष ईश्वर प्रसाद पन्त (श्रीकृष्ण) सँग विशेष अन्तर्वार्ता
२०१४ देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय अध्यक्ष पन्तको अनुभवले ईन्स्टा होटललाई बलियो बनाएको छ :
ईन्स्टा होटल सुरु गर्ने प्रेरणा के थियो?
पन्त: “म सन् २०१४ देखि होटल र आतिथ्य क्षेत्रमा काम गर्दै आएको छु। यो अवधिमा मैले विभिन्न होटलहरूको व्यवस्थापन, ग्राहक सेवा र व्यवसायिक नेतृत्वमा महत्वपूर्ण अनुभव बटुलें। यही अनुभवलाई प्रयोग गरेर नेपालको राजधानीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बुटिक शैलीको होटल सञ्चालन गर्ने सपना साकार भएको हो।”
ईन्स्टा होटललाई अरु होटलभन्दा फरक बनाउने विशेषता के हुन्?
पन्त: “हामीले वातावरणमैत्री प्रविधि, स्मार्ट रुम प्रणाली, डिजिटल चेक–इन र उच्चस्तरीय सुरक्षा प्रणालीलाई प्राथमिकतामा राखेका छौं। २१ भन्दा बढी कोठामा आधुनिक सुविधा र आत्मीय सेवाले पाहुनालाई घरजस्तै अनुभव दिलाउनेछ। साथै, १०० जना अट्ने अत्याधुनिक कन्फ्रेन्स हल हाम्रो अर्को विशेषता हो।”
ग्राहकको प्रारम्भिक प्रतिक्रिया कस्तो छ?
पन्त: “उद्घाटनसँगै ग्राहकहरूले हाम्रो कोठाको सुविधा, कन्फ्रेन्स हल र खानाको गुणस्तरलाई निकै प्रशंसा गर्नुभएको छ। प्रारम्भिक प्रतिक्रिया उत्साहजनक भएको छ, जसले हाम्रो टोलीलाई अझ प्रेरित बनाएको छ।”
आगामी योजना के छन्?
पन्त: “हामीले आतिथ्यलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने संकल्प गरेका छौं। आगामी दिनमा नयाँ सेवाहरू थप्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेछौं। साथै, होटललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि विभिन्न प्रवर्द्धनात्मक गतिविधि पनि गर्ने योजना छ।”






















