साझेदारी गर्नुहोस्

काठमाडौंः क्यानडाको शैक्षिक परामर्शमा आफ्नो अलग ब्रान्ड बनाउन सफल म्यापल इन्टरनेशनल एजुकेशनले “एजुकेशन एक्सिलेन्स” अवार्ड जित्न सफल भएको छ ।

केन्द्रबिन्दु डट कमले आयोजना गरेको तेस्रो केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड–२०८२ मा MOST PREFERRED CONSULTANCY (CANADA) को अवार्ड म्यापल इन्टरनेशनल एजुकेशनले प्राप्त गरेको हो ।

एक भव्य समरोहका बीच म्यापल एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको छ ।

विगत दुई दशकदेखि अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुको पहिलोे रोजाइमा पर्दे आएको म्यापल इन्टरनेशनल एजुकेशनले यसअघि पनि विभिन्न शैक्षिक अवार्डहरु हासिल गरिसकेको छ ।


उच्च शिक्षा अध्ययन गर्न क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दे म्यापलले शैक्षिक परामर्श लगायतको सम्पूर्ण सेवाहरु प्रदान गर्दे आएको छ ।

म्यापल इन्टरनेशनल एजुकेशन काठमाडौंको पद्मोदय मोड, लक्ष्मी प्लाजामा रहेको छ ।

तेस्रो केन्द्रबिन्दु एजुकेशन एक्सिलेन्स अवार्ड–२०८२ मा MOST PREFERRED CONSULTANCY (CANADA) को अवार्ड प्राप्त गरेसँगै कन्सल्टेन्सीको जिम्मेवारी अझ वृद्दि भएको म्यापल इन्टरनेशनल एजुकेशन, काठमाडौंका प्रबन्ध निर्देशक इश्वर ढकालले बताए ।

विगतमा झैं आगामी दिनमा पनि क्यानडामा रहेको लोकप्रिय तथा शैक्षिक स्तरमा गुणस्तरीय मानिने सबै युनिभर्सिटी तथा कलेजहरुसँग म्यापल एजुकेशनले सहकार्य गर्दे आफ्ना शैक्षिक यात्रा अघि बढाउने म्यापल इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक ढकालले जानकारी दिए ।