साझेदारी गर्नुहोस्

संघीय सरकारले रुकुम (पूर्वी भाग) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय गरेको छ ।

यही साउन ७ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यससँगै रुकुम पूर्वको सदरमुकामको विवाद पनि मिलेको छ ।

सोमबारको बैठकले विभिन्न १३ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।