अक्सफोर्ड कन्सल्टेन्सी, नयाँ बानेश्वरकी निर्देशक रमा कार्कीले लेखेको तीज गीत “तिजको पार्टीमा” लोकप्रिय बन्दै
काठमाडौंः हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदो छ । तीजलाई लक्षित गरेर विभिन्न गीतहरु सार्वजनिक भएका छन् ।
यसैबीच कन्सल्टेन्सी व्यवसायी रमा कार्कीले रचेको गीत “तिजको पार्टीमा” सार्वजनिक भएको छ ।
सार्वजनिक भएको छोटो अवधिमै गीत लोकप्रिय बनेको हो ।

कन्सल्टेन्सीमाझ अलग पहिचान कायम गर्न सफल अक्सफोर्ड एजुकेशनल कन्ल्टेन्सीका निर्देशक समेत रहेकी रमा कार्की गीतकार रहेको गीतका प्रोड्युसर अर्थात् निर्माता विशाल कार्की हुन् ।
गीतमा अभिज्ञा घिमिरेले स्वर दिएकी छिन् भने गीतका संगीतकार महेश खड्का हुन् ।
गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । प्रशान्त मगर कोरियोग्राफर रहेको भिडियोको निर्देशक मिनाक्षी कोइराला हुन् । भिडियोमा चर्चित मोडल अन्जली अधिकारी, सज्जु बुढाथोकी, सोनम चौधरी लगायतले अभिनय गरेका छन् ।






















